Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

२८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर २८ गते २०८०
२८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती,खैनी,गुट्खा,सुर्तीहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।

Add a new comment