फागुन २५ गते २०८२ --:--:--
मेनु

२८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध

मेरो आर्थिक मेरो आर्थिक मंसिर २८ गते २०८० ८:३३ AM
२८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती,खैनी,गुट्खा,सुर्तीहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?