Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

शान्ति टोल विकास संस्थाको अध्यक्षमा राजु श्रेष्ठ चयन

मेरो आर्थिक
मेरो आर्थिक
पौष १ गते २०८०
शान्ति टोल विकास संस्थाको अध्यक्षमा राजु श्रेष्ठ चयन

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं –१५ मा अवस्थित शान्ति टोल विकास संस्थाको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् ।

शनिवार आयोजित संस्थाको छैठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । संस्थाको उपाध्यक्षमा रमिला अर्याल, सचिवमा सन्तोषी भुजेल, कोषाध्यक्षमा सीता ढकाल, सदस्यहरुमा चन्चला भट्ट, शंकर खनाल, विन्दा ढकाल, विमला ढकाल र बिन्दु रुम्बा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष रण बहादुर रानाको अध्यक्षता भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष आसिक तामाङ रहेका थिए । ६८ घरधुरी रहेको सो टोलमा विगत देखि नै विभिन्न सामाजिक कार्यहरु हुँदै आएको छन् ।

Add a new comment