नौबहिनीले बालबिवाह न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम गर्ने : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

नौबहिनीले बालबिवाह न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम गर्ने

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८०

नौबहिनी गाउँपालिकाले बालबिवाह न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलका अनुसार बालबिवमहलाई शुन्यमा झार्ने नीति अनुसार उक्त कार्यक्रमको आयोजना गरिने जनाइएको हो ।

गाउँपालिकाको आब २०८०/८१ को निती तथा कार्यक्रम अनुसार आगामी चार वर्षमा बालविवाह लाई शुन्यमा झार्ने लक्ष्य अनुरुप कार्यक्रमलाई प्रभावकारि र नतिजामुलक बनाउन बजेट मैं ब्यवस्था भए अनुसार बिभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागिएको छ । रास्ट्रिय स्तरका कलाकारलाई आमन्त्रण गर्ने तथा उनीहरुको माध्यमबाट मनोरञ्जनात्मक तथा सचेतनात्मक शैलीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको अधिकृत पौडेलले जनाउनु भएको छ ।

कार्यक्रममा पालिकाको सम्पुर्ण आवि र माध्यमिक तहका बिध्यार्थीहरु, सम्पुर्ण अभिवाहक, प्रमुक राजनितिक दलका प्रतिनिधि, आमा समूह, सम्पुर्ण जनप्रतिनिधि , सम्पुर्ण बुद्धिजिविहरु लाई कार्यक्रममा आमन्त्रण गरिएको पालिकाले जनाएको छ । कार्यक्रम माघ ७ गते देखि शुरुभई १० गतेसम्म चल्ने जनाईएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?