Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

प्युठान नगरपालिका र सरुमारानी गाउँपालिकामा ‘दलित सशक्तीकरण ऐन’

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १६ गते २०८०
प्युठान नगरपालिका र सरुमारानी गाउँपालिकामा ‘दलित सशक्तीकरण ऐन’

प्युठान । लुम्बिनी प्रदेश अन्तर्गतको प्युठान जिल्लाका स्थानीय तहले दलित सशक्तीकरणको लागि पहलकदमीको शुरुवात गरेका छन्। जिल्लाको प्युठान नगरपालिका र सरुमारानी गाउँपालिकाले ‘दलित सशक्तीकरण ऐन–२०८०’ पारित गर्दै उक्त कदमलाई अगाढी बढाएका हुन ।

उक्त विधेयक राजपत्रमा प्रकाशित भएको मिति देखी लागु हुने ऐनमा उल्लेख गरिएको छ । हालै सम्पन्न हिउँदे अधिवेशनबाट ऐन पारित गरिएको हो । दलित समुदायको सशक्तीकरण तथा हक अधिकारलाई सुनिश्चित गर्न,सामाजिक न्याय प्रदान गर्न दलित ऐन ल्याइएको पालिकाहरुले जनाएका छन् । दलित समुदायको सहभागिता तथा अवसरमा प्राथमिक्ता, उत्पादनका स्रोतमा पहुँच, शिक्षामा प्रोत्साहन, जातीय भेदभाव तथा छुवाछुत रहित स्थान घोषणा, आयमूलक काम तथा जीविको पार्जनमा सुधार लगायतका बिषय ऐनमा उल्लेख गरिएको छ ।

सरुमारानी गाउँपालिका दोश्रो गाउँसभाको १४औं अधिवेशनले दलित सशक्तीकरण सहित विभिन्न ५ वटा विधेयक पारित गरेको थियो ।

Add a new comment