Skip to content
logo
माघ ३० गते २०८१ समयः

जुनसुकै पालिकाको भएपनि महानगरले हस्पिटलहरुमा नि:शुल्क सेवा दिन्छ: बालेन

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १६ गते २०८१
जुनसुकै पालिकाको भएपनि महानगरले हस्पिटलहरुमा नि:शुल्क सेवा दिन्छ: बालेन

बालेनले नेपालभरका गरीव असाह्य बासिन्दाको लागि महानगर आवद्ध भएको हस्पिटलहरुमा निशुल्क सेवा उपलब्ध गर्न सकिने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा पोक्ष्ट गर्दै उनले उक्त कुरा बताएका हुन ।


उनले लेखेका छन । 'नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।'


तपाईको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला । सम्पर्कको लागि ११८० (११८०) मा फोन गर्ने वा काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न भनेका छन् ।


उनले एक लिङ्क शेयर गरेका छन् । जसमा भनिएको छ 'नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र ब्यवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत विरामिलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनि व्यवस्था गरेको छ। नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत सो सम्बन्धि व्यवस्था गरेकाले नेपाल भरका उक्त वर्गमा पर्ने नागरिकहरुलाई काठमाण्डौ माहानगरपालिका क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालिको विकास गरिएको हो ।'

विपन्न र असाहय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. नेपाल सरकार र प्रदेश सरकारर स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातर परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्रर जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची(५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची( ४ अनुसारको सर्जमिन गरेको कागज,
५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।

Add a new comment