ऐरावतीमा सारङ्गी बजाउने तालिम सम्पन्न : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

ऐरावतीमा सारङ्गी बजाउने तालिम सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८१

प्युठान, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजनामा ऐरावती ५ सिँदुरेडाँडाका गन्धर्वहरूका लागि जेठ १० गतेदेखि सुरु भएको संगीत तथा बाद्यबाधन तालिम असार ७ गते डिभिजन कार्यालयका प्रमुख टंक पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति उप प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा, वडा नं ५ का अध्यक्ष चन्द्रबहादुर रोका,वडा सदस्य विमला वि.क र स्थानीयहरूको बाक्लो उपस्थितिमा तालिम समापन गरिएको हो ।

तालिममा २० जना सहभागी भएका हुन । कार्यक्रममा बोल्दै डिभिजन प्रमुख पौडेलले सारङ्गी बजाउने कलालाई पेशाको रूपमा परिणत गरेर आय आजर्न बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै समन्वय उपप्रमुख रेग्मीले यहाँका गन्धर्वहरू जिल्ला स्तरमा विस्तारित भई आफुमा भएको कलालाई ससम्मान प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?