माण्डवी गाउँपालिकाले सार्वजनिक जग्गा हाइवे लाइनमा अतिक्रमण गरिएका संरचनाहरु भत्काउने : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

माण्डवी गाउँपालिकाले सार्वजनिक जग्गा हाइवे लाइनमा अतिक्रमण गरिएका संरचनाहरु भत्काउने

मेरो आर्थिक मेरो आर्थिक श्रावण २७ गते २०८१

प्युठान।माण्डवी गाउँपालिकाले सार्वजनिक जग्गा हाइवे लाइनमा बनेका घर,टहरा र गोठ भत्काउने ३५ दिने सुचना जारी गरेको छ।गाउँपालिकाले अनधिकृत रुपमा बनेका तथा अतिक्रमण गरिएका संरचनाहरु हटाउने सम्बन्धी बुधबार सार्वजनिक सूचना प्रकाशन गरेको हो।

गत चैत्र १५ गते बैठकको निर्णयानुसार गाउँपालिकाको सिमानाभित्र रहेका कानुन विपरित प्रयोग, अतिक्रमण, गैरकानुनी कब्जा, गैरकानुनी नियन्त्रण र लिजको उद्देश्य विपरित प्रयोग भएका सरकारी/ सार्वजनिक प्रकृतिका जग्गाहरु (वन क्षेत्रसमेत) को अतिक्रमण तथा अनधिकृत प्रयोग हटाई जग्गाहरु साविककै अवस्थामा फिर्ता ल्याउने निर्णय  गरेको थियो।

गाउँपालिकाको सिमाना लामाचौर देखि बागेखोला क्षेत्रभित्र पर्ने संरचनाहरुको नापजाँच गर्न कार्यालयबाट असार ४ गते देखि खटिएका अमिन सहितको टोलीले नापजाँच गर्दा ६८ ठाउँका जसमा पक्कि घर, कच्ची घर, टहरा, प्रहरी पोस्ट, बिद्यालय बाउन्ड्री तथा खाजा घर लगायतमा  निर्माण भएको भवनहरु हटाउनु पर्ने उक्त सुचनामा उल्लेख गरिएको छ।  

तोकिएको समय सीमाभित्र समेत अटेर गरी संरचना नहटाएमा वा अतिक्रमित क्षेत्रवाट नहटेमा गाँउपालिकाले नै उक्त संरचनाहरु हटाउने र अतिक्रमित क्षेत्र खालि गर्ने साथै सोको लागि खर्च भएको रकम सरकारी बाँकी सरह सम्बन्धित व्यक्ति/संस्थाबाट नै अशुल उपर गरिने व्यहोरा समेत उक्त सुचनामा उल्लेख गरेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?