जेठ ६ गते २०८२

माण्डवीको सार्वजनिक सुनुवाई देबिस्थानमा    

मेरो आर्थिक मेरो आर्थिक मंसिर २४ गते २०८१ ९:०४ AM

प्युठान।माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  सम्पन्न गरेको हो।

गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा माण्डवी गाउँपालिका वडा नम्बर ३ देबिस्थान सभाहलमा आइतबार सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाले भित्रका करिव १ सय ५० जना सेवाग्राहि नागरिक, राजनीतिक दल,साझेदारी संस्था,नगरपालिकाका कर्मचारीहरु लगाएत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा करिव एक दर्जन बढी  प्रश्नहरु नागरिकहरुले आफ्नो प्रश्न तथा गुनासोहरु राखेका थिए ।


नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी (रोशन) उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत  भीमकान्त भण्डारी र शाखागत प्रमुखहरु र वडा अध्यक्ष  सम्बोधन गरेका थिए।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले पालिकाको हाल सम्मको प्रगति प्रतिबेदन प्रस्तुत समेत गरेका थिए।

सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै पालिकाले योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि उत्पादन तथा बजारीकरण गर्ने, कोसेली घर संचालन गर्ने,चिस्यान केन्द्र संचालनमा गर्न सम्बन्धित सरोकारवाला संग छलफल गर्ने, खानेपानीको समस्या समाधान गर्ने,शिक्षा क्षेत्रमा सुधार ल्याउने,धार्मिक तथा प्रयटकीयस्थल प्रचार-प्रसारमा लगायतका क्षेत्रलाई बिशेष प्राथमिकता दिंदै सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गरेका थिए।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.