Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

पालिका उपचुनावका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १३ गते २०८१
पालिका उपचुनावका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

काठमाण्डौ । आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ ।

यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ ।

मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एकरएक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पद खाली छन् ।

Add a new comment