काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन अनुमोदन गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा भवनको बहुउद्देश्यीय हलमा बस्नेछ।












