भाद्र ३ गते २०८३ --:--:--
मेनु

रास्वपा सभापति रवि लामिछानेले मन्त्री र सांसदसँग थाले छलफल

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३ गते २०८३ १:४१ PM
रास्वपा सभापति रवि लामिछानेले मन्त्री र सांसदसँग थाले छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग आन्तरिक छलफल सुरु गरेका छन्।

प्रतिनिधिसभामा सरकारका मन्त्री र रास्वपाका सांसदबीच पछिल्लो समय देखिएको असमझदारीलाई लिएर लामिछानेले संसदीय दलको कार्यालयमा छलफल अघि बढाएका हुन्।

बैठकमा सरकार र पार्टीका सांसदबीच बढ्दै गएको मतभेद, संसद्‌मा सांसदहरूको प्रस्तुति तथा पछिल्ला सार्वजनिक गतिविधिलगायत विषयमा समीक्षा भइरहेको एक सांसदले बताएका छन्।

संसद्‌मा अभिव्यक्ति दिँदा प्रयोग गरिने भाषा तथा सार्वजनिक कार्यक्रममा पार्टीका सांसदहरूको व्यवहार मर्यादित र जिम्मेवार हुनुपर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। यी विषयमा पर्याप्त सावधानी नअपनाउँदा पार्टीभित्र असमझदारी बढ्दै गएको नेताहरूको बुझाइ छ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै रास्वपाकी सांसद आशिका तामाङले पुनः प्रश्न राख्न खोजेकी थिइन्। तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र सदनको गरिमालाई ध्यान दिन सचेत गराएका थिए।

सभामुखले थप बोल्न समय नदिएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्। उक्त घटनापछि रास्वपाभित्र देखिएको असमझदारीबारे पार्टी नेतृत्वले छलफल थालेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?