वैशाख ९ गते २०८३ --:--:--
मेनु

गृहमन्त्री गुरुङको टिप्पणी: “भ्रष्टाचार गर्नेहरू अहिले त्रसित”

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८३ १०:५८ AM
गृहमन्त्री गुरुङको टिप्पणी: “भ्रष्टाचार गर्नेहरू अहिले त्रसित”

गृहमन्त्री सुधन गुरुङ ले आफूविरुद्ध उठेका आरोप र हल्लाप्रति प्रतिक्रिया दिँदै भ्रष्टाचारमा संलग्न व्यक्तिहरू अहिले डराएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूलाई लक्षित गरेर फैलाइएका कुराहरूलाई ‘प्रायोजित हल्ला’ र ‘मिडिया ट्रायल’ को संज्ञा दिएका छन्।

उनले लेखेका छन् कि वर्षौँदेखि राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले अस्थिर बनेका छन्। यस्ता गतिविधि कारबाही रोक्नका लागि गरिएको प्रयास मात्र भएको उनको दाबी छ।

गृहमन्त्री गुरुङले भ्रष्टाचारविरुद्धको अभियान कुनै हालतमा नरोकिने र आफू यसबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

साथै, उनले दैनिक ठूलो परिमाणमा भ्रष्टाचार गर्ने व्यक्तिहरूविरुद्ध अपेक्षित रूपमा कडा कदम चालिएको नदेखिएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?