काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी कानुनमा संशोधन गर्दै ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज जारी विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका छन्।














