वैशाख १७ गते २०८३ --:--:--
मेनु

सार्वजनिक खरिद अध्यादेश जारी, अन्य विधेयक अध्ययनमै राष्ट्रपति पौडेल

मेरो आर्थिक मेरो आर्थिक वैशाख १७ गते २०८३ ९:१६ PM
सार्वजनिक खरिद अध्यादेश जारी, अन्य विधेयक अध्ययनमै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी नयाँ अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानको धारा ११४ को उपधारा (१) अनुसार उक्त अध्यादेश लागू गरिएको हो।

राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अर्को अध्यादेशसमेत जारी गरेका छन्। साथै, नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अन्य अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष पेश भएका छन्।

तीमध्ये बाँकी अध्यादेशहरूबारे राष्ट्रपतिले अध्ययन गरिरहेका छन्। यसै क्रममा उनले शीतल निवासमा केही कानुनविद्हरूसँग छलफल समेत गरेका थिए।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?