काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशबाट भूमि अतिक्रमण भएको तथ्य फेला परेको बताएका छन्।
आइतबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले आफू प्रधानमन्त्री बनेपछि सीमासम्बन्धी केही नयाँ जानकारी प्राप्त भएको बताए। उनका अनुसार सीमा निर्धारण र व्यवस्थापनका क्रममा नेपालले मात्र नभई भारतको भूभागमा पनि अतिक्रमण भएको देखिएको छ।
प्रधानमन्त्री साहले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले तथ्य र प्रमाणका आधारमा दुवै देशबीच संवाद तथा कूटनीतिक पहलमार्फत समाधान खोजिने बताए। उनले सीमा समस्याको स्थायी समाधानका लागि नेपाल र भारतबीच आपसी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले सीमा क्षेत्रका विवादित विषयहरूलाई वार्ता र समझदारीका माध्यमबाट टुंग्याउन सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे।













