जेठ १८ गते २०८३ --:--:--
मेनु

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने, सांसदहरू पनि सहभागी हुने

मेरो आर्थिक मेरो आर्थिक जेठ १८ गते २०८३ ५:५४ AM
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने, सांसदहरू पनि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार लामिछाने नेतृत्वको टोली आज भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा रास्वपाका सांसद विपिन आचार्य र दीपक बोहरा सहभागी हुने जनाइएको छ। साथै निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा सहभागी रहनेछन्।

पार्टीका अनुसार यो भ्रमण भारतीय जनता पार्टीको निमन्त्रणामा हुन लागेको हो। भ्रमणका क्रममा विभिन्न भेटघाट तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाले भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्ध र संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?