जेठ १८ गते २०८३ --:--:--
मेनु

मतदाता नामावली संशोधन विधेयकमा राष्ट्रिय सभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

मेरो आर्थिक मेरो आर्थिक जेठ १८ गते २०८३ ६:१४ AM
मतदाता नामावली संशोधन विधेयकमा राष्ट्रिय सभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ मा राष्ट्रिय सभाले गरेको संशोधनलाई बहुमतका आधारमा स्वीकृति दिएको छ।

आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय सभाबाट प्राप्त संशोधनमाथि विचार गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाले पारित गरी पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन्।

बैठकका क्रममा विपक्षी दलहरूले अवरोध जनाए पनि संसदको प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरिएको र बहुमतले स्वीकृत भएको घोषणा गरिएको हो।

यससँगै मतदाता नामावलीसम्बन्धी विधेयकमा राष्ट्रिय सभाले सुझाएका संशोधनहरू प्रतिनिधिसभाबाट समेत अनुमोदित भएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?