प्रधानमन्त्री बालेन्द्र साह र एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र एडीबीबीचको विकास साझेदारी, आपसी हितका विषय तथा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको जनाइएको छ। साथै, नेपालको भौतिक पूर्वाधार निर्माण, आर्थिक विकास तथा समृद्धिका लागि एडीबीले गर्दै आएको सहयोगको समीक्षा गर्दै भविष्यमा सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान गरिएको बताइएको छ।













