असार २४ गते २०८३ --:--:--
मेनु

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, मुख्य सचिवदेखि गेटा अस्पतालसम्म महत्वपूर्ण निर्णय

मेरो आर्थिक मेरो आर्थिक असार २४ गते २०८३ ६:०४ PM
मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, मुख्य सचिवदेखि गेटा अस्पतालसम्म महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित आठ महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३ र शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन एवं व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, कारागार नियमावली, २०८३ लाई पनि अनुमोदन गरिएको छ।

सुशासन र मानव अधिकारका क्षेत्रमा सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि स्वीकृत गरेको जनाएको छ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

– काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने।

– गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।

-विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने।

– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र ( व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने।

-कारागार नियमावली २०८३ स्वीकृत गर्ने।

– मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।

– भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने।

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?