Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
पौष २८ गते २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ ।

Add a new comment