काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
निफ्राको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ।
वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश पारित भएपछि मात्र शेयरधनीलाई उक्त दरमा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।











