वैशाख २४ गते २०८३ --:--:--
मेनु

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरो आर्थिक मेरो आर्थिक वैशाख २४ गते २०८३ १:१४ PM
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं — सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख २१ गतेदेखि आवेदन खुला गरेको थियो।

कम्पनीले कुल ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ, जसको कुल मूल्य ८ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ। जारी पूँजीको २५ प्रतिशत बराबरको उक्त आईपीओमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ प्रयोग गरी सी–आस्बा प्रणालीबाट अनलाइन दिन सकिनेछ।

आईपीओ निष्काशनअघि गरिएको रेटिङमा केयर रेटिङ्गस् नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?