काठमाडौं । आज अर्थात सोमबार खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । बिहानैबाट भएको मौसम परिवर्तनका कारण हवाई सेवा प्रवावित भएको हो ।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको तथा भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको जनाएको छ । तर काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान अवतरण भने रोकिएको छैन ।
हिजो अर्थात आइतबार भएको बिमान दुर्घटनाको कारण आज सोमबार शोक बिदा मनाइरहँदा मौसममा आएको परिवर्तनले भने यात्रुमा त्रास बढ्ने कुरामा कुनै दुइमत छैन । त्यसैले मौसम तथा बिमानको अवस्था राम्ररी निक्र्यौल गरेर मात्र उडान भर्दा कुनै समस्या नहुने तथा यात्रा रमाइलो तथा निश्चिन्त हुने कुरा जानकारहरु बताउछन् ।












