फागुन २५ गते २०८२ --:--:--
मेनु

टिभिएसलाई दुईवटा अवार्ड हात लाग्यो

मेरो आर्थिक मेरो आर्थिक माघ ३ गते २०७९ ६:३६ AM
टिभिएसलाई दुईवटा अवार्ड हात लाग्यो

हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखमा आईएमओटिवाइ—२०२२ र अटो कार अवार्ड पाएको थियो ।

रेडरमा भएका सुधारहरूको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको विज्ञप्तिमा उल्लेख छ ।

अपाचे बाइकले निरन्तर सुधार गरेको फिचरहरूको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गरेको बताइएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पाङग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको वितरण सञ्जाल रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?