फागुन २५ गते २०८२ --:--:--
मेनु

इँटा उत्पादनमा निकासी कर

मेरो आर्थिक मेरो आर्थिक माघ ३ गते २०७९ ७:४० AM
इँटा उत्पादनमा निकासी कर

काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई चाँगुनारायण नगरपालिकाले कर लगाउने भएको छ । नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।

इँटाभट्टा व्यवसायीले कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले यसमा कर लगाउने निर्णय गरेको नगरप्रमुखले जानकारी दिनुभयो ।

काँचो इँटा उत्पादन गर्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गरेका छन् । नगरपालिकाले व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान रु १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रु पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?