चिनी आपूर्ति सहज बनाउन प्रधानमन्त्री कार्यालयमा निवेदन
मेरो आर्थिक
माघ ४ गते २०७९
समयः ८:१४ am
राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारलाई चिनीको आपूर्ति व्यवस्था सहज बनाउन अनुरोध गरेको छ । आज बुधबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिंदै चिनीको मूल्यमा उपभोक्ता ठगिएको जानकारी गराएको छ ।
बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पर्ने गरेको पनि मञ्चले प्रधनमन्त्री कार्यालयलाई बुझाएको निवेदनमा उल्लेख छ ।
अवैध रुपमा चिनी बजारमा भित्रएको र ४० रुपैयाँमा किनिएको गुणस्तरहीन चिनी महँगोमा बिक्री गरिएको मञ्चले जनाएको छ ।
चिनीको आपूर्ति सरकारी ढंगबाट सही तरिकाले गराउन र अवैध आयातलाई रोक्न पनि मञ्चले सरकारलाई आग्रह गरेको छ ।