दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने भएको छ । लक्ष्मी क्यापिटल मार्केटले शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने भएको छ ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
दरम खोला हाइड्रो इनर्जीले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ । भने दरम खोलाले निकट भविष्यमै रु.१०० अंकित दरका रु।३९,५०,००,००० रकम बराबरको ३९,५०,००० कित्ता साधारण बिक्री गर्ने जनाइएको छ ।











