फागुन २६ गते २०८२ --:--:--
मेनु

सुनको मूल्यले नयाँ रेकर्ड

मेरो आर्थिक मेरो आर्थिक माघ १० गते २०७९ ५:२१ AM
सुनको मूल्यले नयाँ रेकर्ड

आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

आज छापावाल सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। यो अघिल्लो रेकर्ड मूल्यको तुलनामा ८०० रुपैयाँ बढी हो। यस अघि सुनको अधिकतम मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ थियो। २०७८ फागुन २५ गते, सुन सो मूल्यमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी, आज प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?