बिपिडब्लु लघुवित्तको आइपिओ निष्कासन
मेरो आर्थिक
माघ १३ गते २०७९
समयः ९:५० am
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता रु एक सयका दरले नौ हजार सात सय कित्ता साधारण शेयर आइपिओ बिक्री खुला गर्ने भएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सक्नेछन् ।