फागुन २६ गते २०८२ --:--:--
मेनु

गुहेश्वरी फाइनान्सको शेयरमूल्य समायोजन

मेरो आर्थिक मेरो आर्थिक माघ २० गते २०७९ ७:३० AM

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन फाइनान्सको शेयर प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको हो।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सो लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले माघ २७ गते, गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान १० बजे २१ औं वार्षिक साधारण सभा बोलाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?