सुपरमाई हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता सेयर बिक्री खुलाएको हो ।
आयोजनाले आफ्नो जारी पूँजी ५० करोडको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, वैदेशिक रोजगारीमा गएकाहरुका लागि ५० हजार कित्ता छुट्याइएको थियो । यस्तै, सामूहिक लगानी कोषका लागि २५ हजार र आयोजना प्रभावितका लागि १० हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
बाँकी ४ लाख १५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आज माघ २३ देखि बिक्री माघ २६ गतेसम्म रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि देखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।











