फागुन २६ गते २०८२ --:--:--
मेनु

नेप्सेमा दोहोरो अंकको वृद्धि

मेरो आर्थिक मेरो आर्थिक माघ २७ गते २०७९ ११:१५ AM

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.४३ अंकले बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको थियो ।

आज २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको ५६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता सेयर कारोबार भएको थियो ।

आज अपि पावर कम्पनीको ५ करोड ८६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज नबिल ब्यालेन्ड फन्ड–३ को मूल्यमा ५.७५ प्रतिशतको गिरावट भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?