Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

७ महिनामा १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्मार्ट फोन भित्रिए

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १२ गते २०७९
७ महिनामा १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्मार्ट फोन भित्रिए

चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशबाट १४ अर्ब ७६ करोड रुपैयाँको स्मार्ट फोन भित्रिएको छ । भन्सार विभागका अनुसार साउनदेखि माघ सम्म उक्त रकम बराबरको स्मार्टफोन भित्रिएको हो । विदेशबाट १० लाख वटा स्मार्टफोन भित्रिएका छन् भने यी मोबाइल भित्र्याउँदा राज्यले २ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा मूख्यगरी २ देशबाट स्मार्टफोन भित्रिन्छ ।

चीन, भारत र भियतनामबाट नेपालमा धेरै स्मार्टफोन भित्रिँदै आएको छ । सात महिनामा चीनबाट ९ अर्ब ८३ करोड २३ लाख रुपैयाँको मोबाइल भित्रिएको छ । यस्तै, भारतबाट ४ अर्ब १३ करोड रुपैयाँको स्मार्टफोन भित्रिँदा भियतनामबाट ३० करोडको मोबाइल आयात भएको छ ।

संयुक्त अरब इमिरेट्समार्फत १२ करोडको र अमेरिकाबाट ११ करोडको स्मार्टफोन भित्रिएको छ ।

Add a new comment