फागुन २५ गते २०८२ --:--:--
मेनु

आजदेखि प्रभु स्मार्ट फण्डको बिक्री खुला

मेरो आर्थिक मेरो आर्थिक फागुन १८ गते २०७९ ११:०७ AM
आजदेखि प्रभु स्मार्ट फण्डको बिक्री खुला

प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको निष्कासन तथा बिक्री खुला बिहीबारदेखि सुरु भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएण्डेड योजना हो ।

निष्कासित कुल ८ करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कुल १ करोड २० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले बिहीबारदेखि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?