सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सल धनगढीस्थित पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। शाखाको उद्घाटन हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरले शुक्रबार उद्घाटन गरे ।
सामसुङ सुविधा सम्पन्न स्मार्ट प्लाजामा ग्राहकहरूको माग र आवश्यकतालाई सम्बोधन गरिने छ । अब ग्राहकहरूले आफ्ना पुराना उपकरण र फोन ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्ने जनाइएको छ ।












