फागुन २५ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक चैत्र ६ गते २०७९ १०:२८ AM
नेप्से परिसूचकमा वृद्धि

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २२.६५ अंक बढेर १९४९.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको २९ हजार २८२ पटकको कारोबारमा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबरको ५२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?