लघुवित्त वित्तीय संस्था नेस्डो समृद्धिले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल सेयरधनीलाई कायम चुक्ता पूँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पछि सेयरधनीमा वितरण हुनेछ ।












