फागुन १९ गते २०८२ --:--:--
मेनु

विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने भयो

मेरो आर्थिक मेरो आर्थिक चैत्र १३ गते २०७९ ६:२६ AM
विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने भयो

विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । बैंकले नेपालको विद्यालय शिक्षाको सुधारका लागि १२ करोड अमेरिकी डलर अर्थात् झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।
आइतबार मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले उक्त सहयोगको घोषणा गरेका थिए । अनुदान सहयोग घोषणा गर्दै फारिसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्त्वपूर्ण रहेको बताए ।

नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न प्रदान गरिने उक्त कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।
यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने र सरकारको दृष्टिकोणलाई समेत सहयोग पुग्ने विश्व बैंकको अपेक्षा रहेको छ ।

यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयहरुको स्तरउन्नती गर्न, विद्यालयका कक्षा कोठा निर्माण गर्न तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने विश्व बैंकले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?