आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५५ अङ्कमा पुगेको छ ।
आज कारोमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ ।
आज विभिन्न कम्पनीका २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ मा खरिदबिक्री भएका छन् । आज सुपरमाइ हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।











