यामाहाले ल्यायो नयाँ वर्षमा “पावर अफ फाइभ” उपहार योजना
मेरो आर्थिक
चैत्र १७ गते २०७९
समयः ५:०० am
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले योजना ल्याएको छ । पावर अफ फाइभ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने भएको छ ।
खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत रु १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा iPhone 14 वा Apple Watch वा Apple AirPods जित्ने मौका पाउनेछन्। यो योजना R15 , MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुने कुरा कम्पनीले जनाएको छ ।