मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ४९ हजार ४०० कित्ता निष्काशन गर्न लागेको हो। जसमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ३ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।











