मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गते आइतबार देखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओ १२ लाख ८१ हजार ४०२ योग्य आवेदकबाट एक अर्ब ३८ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ३३ हजार ११० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता शेयर पाएका छन् । त्यसमध्ये पनि २ जनालाई थप एकरएक कित्ता शेयर पाएका छन् ।











