नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धी पक्षलाई निर्देशन दिएका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन् ।












