फागुन २५ गते २०८२ --:--:--
मेनु

आज दोहोरो अंकले बढ्यो नेप्से

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८० ४:५६ PM

सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले वृद्धि हुँदा १९०५.६८ अंकमा बन्द भएको छ । मंगलबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भई कारोबार रकम पनि वृद्धि भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ । सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?