चैत्र ८ गते २०८२ --:--:--
मेनु

बुधबार सुनचाँदीको मुल्यमा गिरावट

मेरो आर्थिक मेरो आर्थिक जेठ ३ गते २०८० १२:२६ PM
बुधबार सुनचाँदीको मुल्यमा गिरावट

बुधबार सुनको भाउमा गिरावट देखिएको छ । जेठ ३ गते, सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा झरेको छ । मंगलबार भने सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो तीन कारोबार दिन चाँदीको भाउ स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?