सुन र चाँदीको मुल्यमा गिरावट


बिहीबार सुनको भाउ गिरावट भएको छ । जेठ ११ गते, सुन तोलामा एक हजार रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइहरेको छ ।
हिजो सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ निरन्तर चार दिनदेखि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन पनि चाँदी पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%