Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

भन्सार महसुलमा वृद्धि संगै सुनचाँदीको भाउ बढने सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १६ गते २०८०

सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको छ । आव ०८०/८१ को बजेटमार्फत् अर्थमन्त्रीले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार वृद्धि गरेका हुन् ।

यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएकोमा १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको भन्सारका कारण अब प्रति १० ग्राम सुनको मूल्यमा भन्सार महसुल १२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

मंगलबार सोहीअनुसार सुन र चाँदीको मूल्य समायोजन गरेर महासंघले नयाँ मूल्य तोकेको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

Add a new comment