आज सुनको मूल्यले नयाँ रेकर्ड : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

आज सुनको मूल्यले नयाँ रेकर्ड

मेरो आर्थिक मेरो आर्थिक जेठ १९ गते २०८०

सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइ रहेको छ । जेठ १९ गते, सुन तोलामा ८०० रुपैयाँले महंगिएको छ । चाँदी पनि शुक्रबार प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट घोषणापछि सुन तोलामा नै पाँच हजार २०० रुपैयाँले बढिसकेको छ । भन्सार दर बढ्दा सुनको भाउले हरेक दिन ऐतिहासिक रेकर्ड बनाइ रहेको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको थियो । सुनको भन्सार १५ प्रतिशतले बढेर १२ हजार ४ सय रुपैयाँ तोकिएको छ । प्रति १० ग्राम चाँदीमा लाग्ने भन्सार १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँको उचाईमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य बढोत्तरी भएर ऐतिहासिक रेकर्ड बनाएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४३५ रुपैयाँमा किनबेच हुँदेछ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला १५ रुपैयाँले महंगिदा एक हजार ४१० रुपैयाँ पुगेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?