माघ २५ गते २०८२ --:--:--
मेनु

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिने समय आज सकिँदै

मेरो आर्थिक मेरो आर्थिक जेठ २६ गते २०८० ११:४२ AM
प्रधानन्यायाधिश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिने समय आज सकिँदै

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ।

जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो । समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् । 

समितिमा प्राप्त उजुरी उपर आइतबार बस्ने सुनुवाइ समिति बैठकमा छलफल हुनेछ । समितिले उजुरीकर्तासँग छलफल गरेपछि कार्कीसँग सोधपुछ गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?