भाद्र ११ गते २०८३ --:--:--
मेनु

प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित विदुरमा, स्थलगत निरीक्षण

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८३ १२:५१ PM
प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित विदुरमा, स्थलगत निरीक्षण

काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढीबाट प्रभावित नुवाकोटको विदुर पुगेका छन्। प्रधानमन्त्री शाहले विदुर पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै बाढीमा परी घाइते भएकाहरूलाई भेटेर अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि प्रभावित क्षेत्रको निरीक्षणमा सहभागी भएका छन्। उनीहरू बिहीबार बिहान स्थलमार्गबाट विदुर पुगेका हुन्।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीको प्रभाव नुवाकोटको विदुरलगायतका क्षेत्रमा समेत परेको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका विषयमा सम्बन्धित निकायबाट जानकारी लिँदै आवश्यक सहयोग र व्यवस्थापनबारे निरीक्षण गरेका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?